काठमाडौं, २२ चैत । डोलप्रसाद -डिपी) अर्याल सभामुखमा निर्वाचित भएको घोषणा आज प्रतिनिधिसभा बैठकबाट हुने भएको छ ।
उनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका हुन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनको पक्षमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ भने दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
यसैबीच, राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ, जहाँ विषयगत समितिका सदस्य हेरफेर तथा मनोनयन गरिनेछ। साथै, प्रधानमन्त्रीले महिला आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।














