लमजुङ, २१ चैत । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
बेसीसहरबाट उस्ता जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप मस्र्याङ्दी गाउँपालिका–७ ङाबीमा सडकबाट करिब ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परी मस्र्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र ३४ वर्षीया पुष्पा घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले चितवन रेफर गरिएको छ ।
चालकसमेत घाइते भएकाले दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।














