काठमाडौँ, २१ चैत । ट्राफिक प्रहरीले राजधानीमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्दै ट्राफिक लाइट उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही सुरु गरेको छ ।
शनिबार बबरमहल क्षेत्रमा रातो बत्ती नमान्ने सवारीलाई बिजुली बजारमा नियन्त्रणमा लिएर कारबाही गरिएको हो । नियम उल्लङ्घनले दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो अभियान चलाइएको प्रहरीले जनाएको छ ।
यस कदमप्रति केहीले आलोचना गरे पनि धेरैले नियम पालना गराउन आवश्यक भन्दै समर्थन गरेका छन् ।














