काठमाडौं, २१ चैत । काठमाडौंमा प्रहरीले रातभर सर्च अपरेशन सञ्चालन गर्दै १९५ जनालाई पक्राउ गरेको छ ।
गुण्डागर्दी, ठगी र बिचौलियामा संलग्न व्यक्तिहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














