काठमाडौं, २० चेत । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्षसहित चार जना काठमाडौं उपत्यकाबाट पक्राउ परेको छ ।
पक्राउ पर्नेमा अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविन कुमार राई तथा पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेको छ । उनीहरूलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो ।
सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको ४ अर्बभन्दा बढी रकम रहेकोमा ठूलो हिस्सा ऋण तथा लगानीमा प्रवाह गरिएको देखिएको छ भने बाँकी रकमको विवरण फेला नपरेको प्रहरीले बताए ।
अनुसन्धानका क्रममा बिना धितो वा कमजोर धितोमा ऋण दिइएको समेत खुलेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।














