काठमाडौं, २० चेत । पश्चिम एसियामा जारी युद्धका कारण ३८ जना नेपालीको शव स्वदेश ल्याउन समस्या भएका छन् ।
इजरायल–अमेरिका र इरानबीचको तनावका कारण हवाई उडान प्रभावित हुँदा शव ल्याउन ढिलाइ भइरहेको परराष्ट्र मन्त्रालयले बताए ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार शव स्वदेश ल्याउन आवश्यक पहल भइरहेको छ र अवस्था सहज भएपछि चाँडै ल्याइने तयारी गरिएको छ ।














