काठमाडौं, २० चैत । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । संघीय संसद् सचिवालयका अनुसार चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकले प्रस्ताव पारित गरेपछि अर्याललाई औपचारिक रूपमा सभामुख घोषणा गरिनेछ ।
अर्यालको उम्मेदवारीका प्रस्तावक रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन् ।














