प्रहरी चौकीमाथि विस्फोट, पाकिस्तानमा पाँचको मृत्यु

काठमाडौं, २० चैत । पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा पाँच जनाको मृत्यु भएका छन् ।

मृत्यु हुनेमा तीन महिला र दुई बालबालिका रहेका छन् । स्थानीय प्रहरीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा विस्फोटक पदार्थले भरिएको गाडी प्रयोग गरी प्रहरी चौकीलाई लक्षित गर्दै आक्रमण गरिएको हो ।

घटनामा अन्य चार जना घाइते भएका छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । यद्यपि, पछिल्लो समय यस क्षेत्रमा सक्रिय आतङ्कवादी समूहहरूले सुरक्षा निकायलाई लक्षित गर्दै यस्ता आक्रमणहरू गर्दै आएका छन् ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा यस्ता हिंसात्मक गतिविधि बढ्दै गएका छन् । पाकिस्तानले छिमेकी अफगानिस्तानलाई आ