काठमाडौं, २० चैत । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन ।
संसद्मा सत्तापक्षको स्पष्ट बहुमत रहेको र सभामुख पद साझा तथा निष्पक्ष भूमिका आवश्यक हुने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए ।
उनले संसदको गरिमा कायम राख्न यस्तो निर्णय गरिएको जनाए । यता नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अझै टुंगो लगाएको छैन । एमालेका सांसद गुरुप्रसाद बरालका अनुसार यस विषयमा पार्टीभित्र छलफल भइरहेको छ र सचिवालय बैठकपछि अन्तिम निर्णय लिइनेछ ।
सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डीपी) अर्यालले उम्मेदवारी दिइसकेका छन् । प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।














