काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले शुक्रबार सिंहदरबार पुगेर आफ्नो मनोनयन पेश गरेको हो । उनको उम्मेदवारीमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक रहेका छन् भने समर्थकका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्यालको सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । सभामुखको निर्वाचन आइतबार तय गरिएको हो ।














