काठमाडौं, १९ चैत । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरेका छन् ।
राष्ट्रिय सभा नियमावली २०७५ अनुसार निर्वाचन मिति तोक्दै उनले महासचिव पद्मप्रसाद पाण्डेयलाई कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिएका छन् ।
त्यस्तै, विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचन चैत २४ गते हुने तय भएको छ, जसका लागि सचिव तुलबहादुर पाण्डेलाई सूचना प्रकाशन गर्न भनिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक भने चैत २२ गते बस्नेछ ।














