काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् ।
बिहीबारको पहिलो बैठकमा उनले सदियौँदेखिको अन्यायप्रति हात जोडेर माफी माग्दै भने, æयो सरकार शताब्दियौँदेखि विभेद र अन्यायको सार्वजनिक माफी माग्दैछ ।
लामिछानेले दलित समुदायले भोगेको विभेदलाई संगठित अपराध भएको बताए र अब जातको आधारमा कुनै पनि अपमान सहन नहुने स्पष्ट गरे ।














