काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे हुने बैठकमा अन्य दलका शीर्ष नेताहरूले पनि धारणा राख्नेछन् । हालै सम्पन्न निर्वाचनबाट रास्वपा १८२ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको छ ।
अन्य दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा -माओवादी केन्द्र), श्रम संस्कृति पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद रहेका छन् ।














