काठमाडौं, १८ चैत । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन् ।
च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
दलको नेतामा दाबी गरेका सुहाङ नेम्वाङले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध बनेका हुन् ।
एमाले प्रतिनिधिसभामा २५ सिटसहित तेस्रो दल बनेको छ ।














