काठमाडौं, १७ चैत । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीले थोरै सीट जिते पनि आफ्नो आन्दोलनले समाजका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका अधिकार स्थापित गरेको बताए ।
उनले निर्वाचन परिणामले बलिदान र त्यागको परिणाम देखाएको र आफू प्रतिनिधि सभामा मात्र रहेका पूर्वप्रधानमन्त्री भएको दाबी पनि गरे ।
प्रचण्डले सरकारको राम्रो काममा सहयोग गर्ने र कमजोरीमा रचनात्मक आलोचना गर्ने प्रतिवद्धता व्यक्त गरे ।














