काठमान्डौँ, १७ चैत । नेकपा एमालेले अध्यक्ष के.पी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन् । त्यसपछि पालिका, वडा र प्रदेश तह हुँदै राजधानी केन्द्रित प्रदर्शन आयोजना गरिने छ ।
एमालेले वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने योजना तय गरेको छ । पार्टीले यस कार्यक्रममार्फत अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध जनसमर्थन जुटाउने र विरोधको संदेश प्रष्ट पार्ने लक्ष्य राखेको छ ।














