काठमान्डौँ, १७ चैत । प्रधानमन्त्री बालेन्द्र -बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफलमा उनले बजेटको सीमाभित्र रहेर आवश्यक योजनालाई प्राथमिकता दिइने बताए ।
सांसदहरूले करिब २ अर्ब ६० करोड बजेट विनियोजनको माग गरेका थिए, जसमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका छन् । छलफलका क्रममा प्रदेशमा रोकिएका महत्वपूर्ण योजनाबारे जानकारी लिँदै ती आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।














