काठमाडौं, १७ चैत । अमेरिकाले कडा प्रतिबन्ध लगाइरहेको अवस्थामा पनि रुसबाट तेल बोकेको ट्याङ्कर क्युबा पुगेका छन् ।
उक्त जहाजलाई रोक्न अमेरिकी तटरक्षकसँग क्षमता हुँदाहुँदै पनि कुनै हस्तक्षेप नगरिएको बताइएको छ । ट्याङ्कर क्युबा पुगेपछि त्यहाँ देखिएको गम्भीर ऊर्जा संकट केही हप्ताका लागि कम हुन सक्ने अनुमान गरिएको छ ।
क्युबाले पछिल्लो समय इन्धन अभावका कारण ठूलो आर्थिक र सामाजिक चुनौती झेलिरहेका हो । यसअघि जनवरीदेखि अमेरिकाले क्युबामाथि थप तेल प्रतिबन्ध लगाउँदै आएको छ र कडा चेतावनीसमेत दिँदै आएको छ ।
यता रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्युबालाई आवश्यक सहयोग जारी राख्ने स्पष्ट गराएको छ । साथै, क्युबाको सार्वभौमिकतामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताउँदै त्यसको कडा विरोध गरेको छ ।














