काठमाडौं, १७ चैत । संसद् सचिवालयले संघीय संसद् अधिवेशन आह्वानसँगै सर्वदलीय बैठक बोलाएको छ ।
बैठक बुधबार दिउँसो १ बजे बस्नेछ, जुन प्रतिनिधिसभाको पहिलो बैठकअघि आयोजना हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ ।
बैठकमा सभामुख चयन प्रक्रिया अघि बढाइनेछ भने दलका शीर्ष नेताले सम्बोधन गर्ने सम्भावना पनि छ । नयाँ प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद छन् ।














