काठमाडौं, १६ चैत । अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार, सरुवा गरिएका उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा अन्य मातहतका कार्यालयहरूमा खटाइएको हो ।
त्यसैगरी, केही उपसचिवहरूलाई प्रदेश सरकारअन्तर्गतका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा पनि जिम्मेवारी दिइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेपछि यो पहिलो पटक उपसचिवहरूको ठूलो संख्यामा सरुवा गरिएको हो ।














