काठमाडौं, १६ चैत । अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन पाइने भएको छ । सरकारले यसअघि लागू गरिएको टोकन प्रणाली हटाएर सोही दिन स्वीकृति दिने व्यवस्था लागू गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले आवश्यक कागजात पुगेको अवस्थामा तत्काल श्रम तथा पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको जनाएको छ ।
मन्त्री दीपक कुमार साहको उपस्थितिमा भएको बैठकले श्रम क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सुधारका कदम अघि बढाउने निर्णय गरेको हो ।














