काठमाडौं, १६ चैत । पक्राउ परेका पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
आइतबार पक्राउ परेका उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज बिहान करिब ३ बजे अस्पताल ल्याइएका खड्का हाल उपचाररत छन् ।
भदौ २४ को जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा उनको घरबाट जलेको रकम फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
उक्त प्रकरणसँगै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही अस्पतालमा उपचाररत छन् ।














