काठमाडौं, १६ चैत । काठमाडौंमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो । शर्मामाथि एक नाबालिकालाई घरमा राखी बालश्रम गराउने तथा कुटपिट गरी श्रमशोषण गरेको आरोप छ ।
सर्वेक्षणका क्रममा उक्त बालिकाले ६ वर्षदेखि घरमा काम गर्न बाध्य बनाइएको, परिवारसँग भेट्न नदिएको र कुटपिट हुने गरेको खुलासा गरेकी थिइन् ।
घटनापछि काठमाडौं महानगरपालिकाले उजुरी दिएपछि बालिकाको उद्धार गरी संरक्षण गृहमा राखिएको थियो। मुद्दासम्बन्धी फाइल सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।














