काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले अनुसन्धानका केही प्रक्रिया बाँकी रहेकाले म्याद थप गरेको हो । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -CIB- ले आइतबार पक्राउ गरेको थियो ।
गृहमन्त्रीका अनुसार उनको निवासबाट बरामद रकमको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।














