जनकपुर, १० चैत । जनकपुरका विभिन्न जलाशयमा भक्तजनहरूले श्रद्धापूर्वक चैते छठ पर्व मनाएका छन् ।
चारदिने पर्वअन्तर्गत षष्ठी तिथिका दिन व्रतालुले जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।
पारिवारिक सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित मनाइने यस पर्वमा ठकुवा, फलफूललगायत सामग्री अर्पण गर्ने परम्परा रहेको छ ।
पोखरी, नदी र तलाउमा भक्तजनको उल्लेख्य भीड देखिएको थियो ।














