काठमाडौं, १० चैत । कोलम्बियामा वायुसेनाको ऋ–१३० हरक्युलस विमान दुर्घटनामा पर्दा कम्तिमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
दक्षिणी क्षेत्रस्थित पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो नजिक उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए ।
पेद्रो साञ्चेजका अनुसार आगलागीपछि गोला–बारूद विस्फोट हुँदा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । उद्धार टोलीले घटनास्थलमा जीवितको खोजी जारी राखेको छ ।














