काठमाडौँ, ६ फागुन । भोजपुर नगरपालिका–३ सेतीबेगरमा नेपाली सेना सवार बस दुर्घटना भएको छ ।
टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षाका लागि बेस क्याम्प स्थापना गर्न जाँदै गरेको नयाँ श्रीनाथ गणको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा २४ जना सैनिक घाइते भएका छन् । तीमध्ये ८ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । अन्य गम्भीर घाइतेलाई पनि काठमाडौँ ल्याउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।














