रौतहट, ३ फाल्गुन । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको छ ।
दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आइतबार राति भारतीय नम्बरको मोटरसाइकल दुर्घटनामा परेका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिको कारण मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।
घटनास्थलबाट उद्धार गरी प्रादेशिक अस्पताल गौर पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














