काठमाडौं, २७ माघ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई मन्थली र फुर्कोट अस्पतालमा पठाइएको छ । बस नदीमा डुबेपछि उद्धारमा कठिनाइ भइरहेको छ भने यात्रुको संख्या यकिन हुन सकेको छैन ।
उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।














