काठमाडौं, २३ माघ । बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक–एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।
दुर्घटनामा ३४ जना घाइते भएका छन्, जसको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।














