काठमाडौ, २३ माघ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
साथै दुर्घटनामा घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा हुने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङतर्फ जाँदै गरेको बस बिहीबार साँझ बडगाउँमा दुर्घटनामा पर्दा १३ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।














