काठमाडौँ, १८ माघ । कपिलवस्तु र गोरखामा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ देवानगढीयामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय विरेन्द्र हरिजनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
त्यसैगरी, गोरखाको आरूघाट गाउँपालिका–३ घुमाउनेमा भएको मोटरसाइकल दुर्घटनामा ३० वर्षीय मनबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।














