काठमाडौं, १६ माघ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान दाङबाट काठमाडौंतर्फ आउँदै गरेको नाइट बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।
घुमाउने भन्ने स्थानमा पल्टिएको बसका घाइतेलाई उद्धार गरी भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि अवरुद्ध सडक अहिले खुलिसकेको प्रहरीले जनाएको छ ।














