एजेन्सी । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ ।
बुधबार बिहान ८:४५ बजे मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासमेत पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले पुष्टि गरेको छ।
अजित पवार पञ्चायत चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।














