KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धन बिना जित असम्भव

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धन बिना जित असम्भव

काठमाडौ, ८ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशगत मतभार सार्वजनिक भएका छन् ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशको कुल मतभार १० हजार ८३९ रहेको छ । मधेश प्रदेशमा १०७ प्रदेश सभा सदस्य र १३६ स्थानीय तहका २७२ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् ।

प्रदेश सभातर्फको मतभार ५,६७१ र स्थानीय तहतर्फको मतभार ५,१६८ छ । प्रदेश सभामा दलगत प्रतिनिधित्व अनुसार एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टीका एक–एक जना सांसद छन् ।

कुल मतभारको आधारमा कांग्रेस सबैभन्दा अगाडि छ भने त्यसपछि एमाले र जसपा नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको कम्युनिस्ट समूह चौथो स्थानमा रहे पनि ठूला दलको तुलनामा मतभार निकै कम छ ।

यस कारण राष्ट्रिय सभा निर्वाचनमा ठूला दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गरे पनि साना दलहरूको समर्थन अनिवार्य देखिन्छ । विशेषगरी जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी निर्णायक भूमिकामा रहने विश्लेषण गरिएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन गरिनेछ । दाबी–विरोधमाथि छानबिनपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता, पुस २४ गते उजुरी दर्ता, पुस २७ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूले पुस २८ गते निर्वाचन चिन्ह प्राप्त गर्नेछन् ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ ।

Facebook Comment

Related Posts

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar