पाल्पा, २६ मंसिर । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा अरुणखोलादेखि रामपुर जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
मृतकको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ ।














