दाङ, २५ मंसिर । बसमा ३८ जना यात्री सवार डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान दाङको लमही नगरपालिका–१, कौडियापुलबाट खसेको थियो ।
दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जनाएको छ ।














