काठमाडौ,२२ मंसिर । दक्षिणी रसुवाको क्षेत्रमा जंगली भालुको आक्रमणले दुई जना गम्भीर घाइते भएको छ ।
भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन् ।
उनीहरूलाई सोमबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले बताए । निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।














