जनकपुर, १९ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष ७७ सांसदको समर्थन हस्ताक्षरसहित दाबी पेस गरेको छ ।
उनलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन् ।














