जनकपुर, १९ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ ।
सात दलीय गठबन्धनबीच लामो चल्दै आएको समन्वय र छलफलपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटिएको छ ।
बिहानैदेखि जारी बैठकमा प्रदेशको राजनीतिक स्थिरता र साझा एजेन्डालाई प्राथमिकता दिँदै गठबन्धनका दलहरू यादवको नेतृत्वमा नयाँ सरकार अगाडि बढाउन तयार भएका हुन् ।
स्रोतका अनुसार गठबन्धनभित्रका सबै दलहरूले यादवको नाममा सहमति जनाइसकेका छन् र अहिले मुख्यमन्त्री दाबी पेस गर्न आवश्यक हस्ताक्षर संकलनको काम८८ अन्तिम चरणमा पुगेको छ ।
सरोज कुमार यादवले राजीनामा दिएपछि मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रियामा तीव्रता आएर दलबीच शक्ति सन्तुलनका विषयमा बहस चलेको थियो । तर अन्ततः गठबन्धनले एकमत हुनुले प्रदेशमा नयाँ सत्ता संरचना स्पष्ट भएको छ ।














