काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो मुकाबिलामा पोखरा एभेन्जर्सले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
पोखराले अघिल्लो खेलको टोलीमै निरन्तरता दिएको छ भने काठमाण्डु नाइट्सले भने एक परिवर्तन गरेको छ । आईएलटी–२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा यसपटक सन्नी पटेलले मौका पाएका छन् ।
५ खेलबाट २ जित र ३ हारसहित ४ अंकमा रहेको पोखराका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ । यो खेल जितेपछि अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सके उनीहरूको प्लेअफ यात्रा सहज बन्नेछ ।
तर आज पराजित भएमा पोखरा अधिकतम ६ अंकसम्म मात्रै पुग्न सक्ने भएकाले प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।














