एजेन्सी, ११ मसिर । हङकङको आवासीय भवनमा भीषण आगलागीले ४४ जनाको मृत्यु भएको छ ।
आगो नियन्त्रणमा आइसकेपनि २७९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताए । धेरै मानिसलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएका छन् । उत्तरी ताई पो क्षेत्रमा रहेको ३५ तले आवासीय टावरमा भीषण आगो लागेपछि ८०० भन्दा बढी दमकलकर्मी परिचालन गरिएको थियो ।
भवनको भित्री संरचनामा बाँस, पोलिस्टिरिन फोमजस्ता अत्यन्तै ज्वलनशील सामग्री व्यापक रूपमा प्रयोग भएकाले आगो झन् तीव्र गतिमा फैलिएको अनुमान गरिएका छन् । यो दुरन्तपछी निर्माण कम्पनीका तीनजना वरिष्ठ अधिकृतलाई पक्राउ गरिएको छ ।
हङकङमा भवन निर्माणमा ठूलो मात्रामा बाँसको प्रयोग हुने भएकाले यस प्रकारका घटनामा जोखिम बढ्ने विशेषज्ञहरू बताउँछन् । घटनास्थलबाट उठेको बाक्लो कालो धुवाँ आकाशभर फैलिएको भिडियोहरू समेत सार्वजनिक भएका छन् । यद्यपि आगलागीको वास्तविक कारण भने अझैसम्म पत्ता लाग्न बाँकी छ ।














