काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) काठमाडौँमा भइरहेको प्रतियोगितामा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो इन्ङ्समा ब्याटिङ गर्ने छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङ छनोट गरेपछि लुम्बिनीलाई पहिला ब्याटिङ अवसर मिलेको हो ।
लुम्बिनीले यस खेलका लागि एक परिवर्तन गरेको छ — जोनाथन स्मिथको सट्टा थोमस ड्राका प्लेइङ–११ मा समावेश भएका छन् । सुदूरपश्चिमले भने गत खेलकै टोलीलाई यथावत राखेको छ ।














