जनकपुर, ७ मंसिर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज जनकपुरमा तिल्कोत्सव (छेका) मनाइँदै छ ।
जानकी मन्दिरबाट १००१ भार लिएर बाजागाजासहित साधु–सन्त राममन्दिर पुग्ने परम्पराअनुसार राजा जनक र राजा दशरथका प्रतिनिधि महन्तहरूले विधि सञ्चालन गर्छन् ।
राम मन्दिरमा तिल्कोत्सव भव्य रूपमा सम्पन्न गरिँदा महिलाहरूले मैथिली लोक तथा गाली गीतमार्फत स्वागत गर्ने परम्परा पालन हुन्छ । यसअघि धनुष यज्ञ सम्पन्न भएको थियो ।
भोलि मटकोर, मंगलबार राम–जानकी विवाह र बुधबार रामकलेवाले महोत्सव समापन गरिने कार्यक्रम छ ।














