काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ ।
अहिलेको राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेनजीले उठाएका मागलाई संस्थागत गर्न निर्वाचनको विकल्प नभएको कांग्रेसले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको पार्टीले जनाएको छ ।
आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ ।














