काठमाडौं, ५ मंसिर । रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँमा शुक्रबार जिप (ना.१ ज ५५५८) करिब ५० मिटर तल खस्दा ८ जना घाइते भएका छन ।
घाइतेमध्ये मन्थली–३ की ५३ वर्षीया गीतामाया जोगीको उपचारका क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते ४ जनालाई काठमाडौं रेफर गरिएको र बाँकीलाई पनि रेफर प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ ।














