जनकपुर, ४ मंसिर । बाराको सिमरामा जारी तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने दुई राउण्ड हवाइ फायर समेत गरेका छन् ।
कफ्र्यु आदेशलाई उल्लंघन गर्दै जेनजी युवाहरू सडकमा निस्किएपछि अवस्था बिग्रन नदिन बारा प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको हो ।
सोही क्रममा सुरक्षाकर्मीले दोनाली हवाइ फायरसमेत गरेको एसपी सन्तोष तामाङले बताए । प्रदर्शन नियन्त्रणको क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दारसहित चार जना सुरक्षाकर्मी घाइते भएको जानकारी आए ।
जेनजी समूह बुधबार भएका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिइरहेको छ। हाल प्रहरीले दुई जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।














