काठमाडौँ, १ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सोमबारदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएका छन् ।
उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । खेल हेर्न आउने दर्शकहरूलाई मैदान प्रवेश गर्नु अघि सुरक्षा जाँच गरिएका छन् ।
आयोजकहरूले खेल अवधिभर कुनै अप्रिय घटना नहोस् भनी कडा सुरक्षा व्यवस्था अपनाएको छ । प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुने निर्धारित छ ।


![एनपीएलः मैदान प्रवेश अघि कडा सुरक्षा जाँच लागू ,तस्बिरहरू ]](https://kpkhabar.com/wp-content/uploads/2025/11/14-dda09bc7-1f49-4b9b-865d-35a40c4eec99_5XStXgfl9V-750x375.jpg)












