एजेन्सी । भारतको नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक पार्क गरिएको कारमा साँझ विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन् ।
विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको भए पनि अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
घटनापछि आसपासका गाडीमा आगो लागेको र सुरक्षाकर्मीहरूले क्षेत्र सिल गरेर अनुसन्धान सुरु गरेको भारतीय मिडियाले जनाएका छन् ।














