काठमाडौं, २२ कार्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार बेलुकी प्रभु बैंकमा छापा मारेको छ ।
प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन ९८ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ परेपछि आवश्यक कागजात छानबिनका लागि छापा मारिएको हो ।
CIB प्रमुख एआईजी डा. मनोजकुमार केसीका अनुसार शंकास्पद कारोबारसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ठगीको जाहेरी दिएकी थिइन् । यसअघि प्रहरी परिसर, काठमाडौंले जाहेरीमा कुनै कार्यवाही नगरे पनि CIB को हस्तक्षेपपछि मुद्दा अघि बढेको हो ।
१८ करोडको ठगीमा अन्य व्यक्तिहरूको संलग्नता समेत देखिएको र संगठित अपराधको मुद्दा चल्ने तयारी भएको छ ।














